क्रिकेट

इस्लामाबाद युनाइटेडले जित्यो पाकिस्तान सुपर लिगको उपाधि

इकागज |
चैत ६, २०८० मंगलबार ११:२६ बजे

काठमाडौँ- इस्लामावाद युनाइटेडले पाकिस्तान सुपर लिग क्रिकेटको उपाधि जितेको छ ।

कराँचीमा सोमबार राति सम्पन्न फाइनलमा इस्लामावादले मुल्तान सुल्तानलाई २ विकेटले पराजित गर्दै उपाधि हात पारेको हो ।


जितका लागि १ सय ६० रनको लक्ष्य इस्लामावादले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर पूरा गर्‍यो ।

इस्लामावादको जितमा मार्टिन गुप्टिलले ५० तथा अजाम खानले ३० रनको योगदान गरे । मुल्तानका लागि खुशदिल शाह र इफ्तिकार अहमदले समान २-२ विकेट हात पारे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मुल्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५९ रन बनायो ।

मुल्तानका लागि उस्मान खानले सर्वाधिक ५७ रन जोडे । इफ्तिकार अहमले ३२ रन बनाए ।

इस्लामाबादका लागि इमाद वसिमले ५ तथा शदाब खानले ३ विकेट हात पारे ।


Author

थप समाचार
x