क्रिकेट

श्रीलंकामा नेपाल-भारत भिड्दा विराटनगरमा समर्थकको क्रेज (फोटोफिचर)

बाबुराम भण्डारी |
भदौ १८, २०८० सोमबार १७:५८ बजे

विराटनगर- भारतविरुद्ध ब्याटिङ गरिरहेको नेपाली राष्ट्रिय क्रिकेट टिमको समर्थनमा विराटनगरमा समर्थक र दर्शकहरूको भिड लागेको छ । विराटनगरस्थित वडा प्रहरी कार्यालय नजिकैको खाली जमिनमा कोशी प्रदेश क्रिकेट संघ र मोरङ जिल्ला क्रिकेट संघले एसीसी कप प्रतियोगिता निःशुल्क रूपमा देखाएको हो ।


खेल देखाइएको स्थानमा समर्थक र दर्शकको भिड छ । उनीहरूले नेपाली खेलाडीले स्कोर बनाउँदा हुटिङ र तालाबाट प्रशंसा गरिरहेका छन् । वर्ल्ड लिङ्कसँगको सहकार्यमा विराटनगरमा सार्वजनिक स्थानमा प्रतियोगिताको लाइभ देखाइएको हो । यसअघि पाकिस्तानसँगको खेल पनि लाइभ देखाइएको थियो ।

नेपालले समूह ए को अन्तिम खेल भारतसँग खेलिरहेको छ । श्रीलंकाको पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले अहिले ब्याटिङ गरिरहेको छ ।

 


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x