कोभिड-१९

नेपालमा ६४ जना कोभिड संक्रमित थपिए

इकागज |
चैत २५, २०७९ शनिबार १७:२८ बजे

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा ६४ जनामा कोभिड संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १ हजार १७० नमुना परीक्षण गर्दा ६४ जनामा कोभिड संक्रमण पुष्टि भएको हो ।


मन्त्रालयका अनुसार हाल देशभरमा ३५७ संक्रिय संक्रमित रहेका छन् । उनीहरूमध्ये १५ जना संक्रमित संस्थागत आइसोलेसनमा छन् भने १५ जनाको आईसीयू र ५ जनाको भेल्टिलेटरमा उपचार भइरहेको छ ।


Author

थप समाचार
x