कोभिड-१९

थप नौ जनामा कोभिड संक्रमण

इकागज |
कात्तिक २८, २०७९ सोमबार १५:५२ बजे

काठमाडौँ- पछिल्लो २४ घण्टामा थप नौ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ सय २५ जनाको पिसीआर र एन्टीजेन नमुना परीक्षण गर्दा १५ जनामा संक्रमण देखिएको हो ।

संकलित नमुनामध्ये सात सय ७२ को पिसीआर र सात सय ५२ को एन्टीजेन विधिमार्फत परीक्षण गरिएको हो । 


यस्तै, नेपालमा हालसम्म कोभिड संक्रमण हुनेको संख्या ११ लाख ५३ हजार पुगेको छ । यसमध्ये ९८.७ कोभिडमुक्त भएका छन् ।

कोभिडबाट नेपालमा हालसम्म १२ हजार १९ जनाले ज्यान गुमाएका छन् भने अझै पनि चार सय ९९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।


Author

थप समाचार
x