कोभिड-१९

थप १४ मा कोभिड संक्रमण हुँदा १५ जना निको

इकागज |
कात्तिक २२, २०७९ मंगलबार १६:४९ बजे

काठमाडौँ- नेपालमा थप १४ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

देशभर गरिएको ५ सय १९ पिसिआर परीक्षणका क्रममा १२ जना र ६ सय ३१ एन्टीजेन परीक्षणका क्रममा २ जनामा कोभिड संक्रमण पुष्टि भएको हो । कोभिडका कारण थप कसैको पनि मृत्यु भएको छैन भने थप १५ जना निको भएका छन् ।


हाल नेपालमा ५ सय ७२ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । 


Author

थप समाचार
x