अदालत

ललिता निवास सरकारी जग्गा हिनामिना प्रकरण : फैसला आज सुनाउने तयारी

इकागज |
फागुन ३, २०८० बिहीबार ७:५३ बजे

काठमाडौँ- बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणको मुद्दामा बिहीबार फैसला सुनाउने तयारी गरेको छ । विशेष अदालतले बुधबार फैसला सुनाउने भनिएपनि तयार नभएकाले आज सुनाउने तयारी गरेको हो ।

ललिता निवास सरकारी जग्गा हिनामिनासम्बन्धी मुद्दाको फैसला बुधबार तयार भई नसकेकाले आज सुनाउने तयारी भएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले बताए ।


विशेष अदालतका न्यायाधीशहरू खुशीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासमा उक्त मुद्दा एक महिनादेखिको निरन्तर सुनुवाइपछि मंगलबार सकिएको थियो ।


Author

थप समाचार
x