अदालत

विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन

इकागज |
कात्तिक १८, २०८० शनिबार ६:४६ बजे

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा दायर गरेका विभिन्न मुद्दामा उक्त अदालतबाट भएका फैसलाउपर चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

सार्वजनिक सम्पत्तिमा हानी नोक्सानी भएकामा आयोगले पर्यटन कार्यालय जनकपुरका ओभरसेयर ओमप्रकाश यादव, अजयकुमार यादव र अनिरुद् मण्डलले भ्रष्टाचार गरेकामा विशेष अदालतले गरेको निर्णयमा पुनरावेदनका लागि सर्वोच्चमा निवेदन दिएको आयोगले आज जनाएको छ ।


त्यसैगरी आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेशगरी भ्रष्टाचार गरेकी नेपाल राष्ट्रिय कन्या प्राथमिक विद्यालयकी शिक्षक उर्मिला देवीलाई विशेष अदालतले सफाई दिएकामा त्यसविरुद्ध सर्वोच्चमा पुनरावेदन गरेको छ । 


Author

थप समाचार
x