कर्पोरेट

लक्ष्मी सन्‌राइज बैंकले  नेपाली डिजिटल बैँकिङको रूपान्तरण गर्दै

इकागज |
माघ ११, २०८० बिहीबार ९:२४ बजे

माघ- लक्ष्मी सन्‌राइज बैंकले आधुनिक बैंकिङ आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले डिजिटल बैंकिङ सेवा OrangeNXT को थालनी  गरेको छ । F1Soft अन्तर्गतको FoneNXT सँगको सहकार्यमा सुरु गरिएको यो सेवा नेपाली डिजिटल बैंकिङको परिदृश्यको रूपान्तरणमा एक महत्वपूर्ण कदम रहेको बैंकले जनाएको छ ।

OrangeNXTले मोबाइल बैंकिङ एपको माध्यमबाट सहज र पूर्ण डिजिटल अनुभव प्रदान गर्दै खाता खोल्नेदेखि लिएर मुद्दती खाता, Goal-Based Deposit जस्ता वित्तीय व्यवस्थापनका उन्नत  सुविधाहरू प्रदान गर्ने जनाएको छ । ग्राहकहरूको बदलिँदो आवश्यकता अनुकुल बैंकिङ सेवा दिने लक्ष्मी सन्‌राइज बैंकको प्रतिबद्धतालाई यो पहलले टेवा पुर्‍याउने बताएको छ ।


लक्ष्मी सन्‌राइज बैंकका प्रमुख कार्यकारी अधिकृतका अनुसार नेपालको  डिजिटल बैंकिङको परिदृश्यको रूपान्तरणमा OrangeNXT कोशेढुङा साबित हुन सक्ने बताए । परम्परागत मोबाइल बैंकिङ सेवालाई समेत समानन्तर रूपमा  विकास गर्दै, OrangeNXT मार्फत बैंकिङ सेवा नपुगेका र विशेष गरी डिजिटल प्रविधिमैत्री युवा तथा विदेशमा रहेका ग्राहकहरूलाई प्रभावकारी बैंकिङ सेवा प्रदान गरिने जनाएको छ ।

foneNXT का प्रमुख कार्यकारी अधिकृत सनतकुमार पौडेलका अनुसार छिटो र प्रभावकारी बैंकिङ प्रदान गर्ने मूलभुत उद्देश्यले OrangeNXT को विकास गरिएको हो । परिकल्पनात्मक सोचबाट प्रेरित यस OrangeNXT ले बैंकिङ अनुभवलाई आमूल परिवर्तन ल्याउँदै ग्राहकहरूको अपेक्षाहरू पूरा गर्ने विश्वास रहेको उनले बताए ।


Author

थप समाचार
x