कर्पोरेट

सेल्सबेरी ३०औं वर्ष पूरा गरेको उपलक्ष्यमा भारी छुटको अफर

इकागज |
कात्तिक २५, २०८० शनिबार १४:४९ बजे

काठमाडौँ- सेवा सुरु गरेको ३०औं वर्षको अवसरमा सेल्सबेरी डिपार्टमेन्ट स्टोरले हरेक सामान खरिदमा भारी छुटको अफर ल्याएको छ । यस सुखद अवसरमा सेल्सबेरीले हरेक सामान खरिदमा १० देखि ३० प्रतिशतसम्म छुट अफर ल्याएको हो ।

यो अफर शनिबार र आइतबार लागू हुनेछ । खाद्यान्न लगायत घरायसी प्रयोजनका सम्पूर्ण सामानहरूमा छुट–बहारको अफर ल्याइएको संस्थाले जनाएको छ ।


संस्थाका अनुसार यो छुट काठमाडौँ र पोखराका सम्पूर्ण शाखाहरूमा उपलब्ध हुनेछ । साथै ५ हजार रुपैयाँभन्दा माथिका हरेक सामान खरिदमा विशेष उपहारको समेत व्यवस्था गरिएको छ ।


Author

थप समाचार
x