कर्पोरेट

आइडिया स्टुडियो नेपालसँग लायन्स क्लबबीच उद्यमशीलता विकासकाे साझेदारी

इकागज |
असार १९, २०८० मंगलबार १८:११ बजे

काठमाडाैँ–  आइतबार लायन्स क्लब अन्तर्राष्ट्रिय जिल्ला '३२५ जे' नेपालले आइडिया स्टुडियो नेपालसँग रणनीतिक रूपमा साझेदारी गरेको छ ।

साहसिक सुरुवात 'ब्रेभ इनफ टु स्टार्ट'को मुख्य नारालाई आत्मसात गर्दै लायन्स क्लबस इन्टरनेशनल ३५२ जे नेपालले अवसरबाट वञ्चित व्यक्तिहरूका लागि उद्यमशीलताका सहयोग गर्न ब्रेभ स्टार्ट अप फन्डको निर्माण गरेको छ ।


१९१७ मा स्थापित,एलसिअइएप ले नागरिक, सांस्कृतिक, सामाजिक र नैतिक कल्याणमा सक्रिय कार्यहरू गर्दै आएको छ ।

लायन्स क्लब इन्टरनेशनल जिल्ला ३२५ जे नेपाल एक व्यवस्थित, रचनात्मक र नवीन जिल्ला हो जहाँ १०० भन्दा बढी क्लब र २७०० सदस्यहरू छन् । युवाहरूलाई 'ब्रेभ एनफ टु स्टार्ट' हुन प्रोत्साहित गर्दै ब्रेभ इनफ टु स्टार्ट लायन्स क्लब इन्टरनेशनलको नारा हो । 

यस सहकार्यको मुख्य उद्देश्य उद्यमशीलता प्रवर्द्धन रहेको छ । बेर्भ स्टार्टअप फन्डका लागि आइडिया स्टुडियो नेपालले लायन्स क्लबसँग सहकार्य गरी विभिन्न विषयमा तालिम प्रधान गर्ने छ । बेर्भ  स्टार्टअप फन्डबाट छनोट भएका आइडियाहरुलाई लायन्स क्लबले सिड मनि  उपलब्ध गराउने छ ।

 

 


Author

थप समाचार
x