कर्पोरेट

एनआईबिएल एस क्यापिटल र मेगा क्यापिटल मार्केट्सको एकीकृत कारोबार हुने

इकागज |
असार १८, २०८० सोमबार १५:५ बजे

काठमाडौँ– एनआईबिएल एस क्यापिटल लिमिटेडले मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गर्ने भएको छ ।  यही जेठ २९ मा दुवै संस्थाहरूले गरेको विशेष साधारण सभाको निर्णयद्वारा पारित प्रस्ताव अनुसार एनआईबिएल एस क्यापिटल लिमिटेडमा मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गर्ने निर्णय गरेको हो ।

प्राप्ति पश्चात् हाल गर्दै आएको मर्चेन्ट बैंकिंग तथा इन्भेष्टमेण्ट बैंकिङ्ग व्यवसायमा गुणात्मक असर पर्नुको साथै प्रदान भईरहेका सेवाहरू अझ सुदृढ र सशक्त रूपमा विस्तार हुँदै धितोपत्र बजारमा आफ्नो विशिष्ट पहिचान बनाउन सकिने विश्वास क्यापीटलले लिएको छ ।


प्राप्ति पश्चात एनआईबिएल एस क्यापिटल लिमिटेडको नाम समेत एनआइएमबि एस क्यापिटल लिमिटेड हुने गरी परिवर्तन गर्न कम्पनी रजिष्ट्रारको कार्यालयबाट असार ११ मा स्वीकृति प्राप्त भईसकेकाे बताइएको छ ।

दुवै संस्थाहरूको असार १३ मा बसेको सञ्चालक समितिको छुट्टाछुट्टै बैठकको निर्णय बमोजिम प्राप्ति पश्चात् परिवर्तित नाम ‘एनआइएमबि एस क्यापिटल लिमिटेड’बाट सोमबार देखि एकीकृत व्यवसाय/कारोबार सञ्चालन गरिने बैंकले जनाएको छ ।


Author

थप समाचार
x