कर्पोरेट

सनराइज बैंकले गर्‍यो सिआइबीलाई बैंकिङ्ग सुरक्षा सम्बन्धी चेतनामूलक भिडियो हस्तान्तरण

इकागज |
माघ १३, २०७९ शुक्रबार १८:१८ बजे

काठमाडौं । बैंकिङ्ग पहुँच बढ्दै गएकोे अवस्थामा यसको प्रयोगसँगैसतर्कता अपनाउनु पनि आवश्यक देखिएपछि सनराइज बैंकले केद्रीय अनुसन्धान व्यूरोलाई चेतनामूल्क भिडियो हस्तान्तरण गरेको छ । बैंक्ले बैंकिङ सुरक्षा सम्बन्धी भिडियो हस्तान्तरण गरेको हो ।

साधारण बैंकिङ्ग सम्बन्धी जानकारीहरुको अभावमा मानिसहरु विभिन्न झमेलामा परिरहेको निष्कर्ष निकालदै बैंकले यस्ते सहयोग गरेको जनाएको छ । समाजमा देखिएका घटनाहरुलाई उदाहरण बनाई, बैंकिङ्ग र डिजिटल बैंकिङ्गमा अपनाउनु पर्ने सावधानीहरु उक्त भिडियोमा समेटिएको छ । बैंकले “कुशल” नामक चेतनामुलक भिडियो बनाएर केन्द्रीय अनुसन्धान व्यूरोलाई हस्तान्तरण गरेको हो ।  


एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सुमन शर्माले केन्द्रीय अनुसन्धान व्यूरोका प्रहरी अतिरक्त महानिरीक्षक श्री उत्तमराज सुवेदीलाई उक्त भिडियो हस्तान्तरण गरे । उक्त भिडियोमा हाल समाजमा देखिएका घटनाहरुलाई उदाहरण बनाई विभिन्न बैंकिङ्ग सुरक्षा सम्बन्धी चेतनामुलक जानकारी, घटना र कथा मार्फत प्रस्तुत गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृतले बताए । उक्त भिडियो प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत देशै भरी फिजाउने तथा बैंकले विभिन्न सामाजिक संजाल मार्फतसमाजमा पु¥याएर चेतना बढाउन मद्दत गर्ने जनाएको छ ।


 


Author

थप समाचार
x