सिनेमा

फाइटरको अग्रिम बुकिङ सुरू, एक करोडको कलेक्सन

इकागज |
माघ ४, २०८० बिहीबार १७:३७ बजे

मुम्बइ - ऋतिक रोशनको फिल्म ‘फाइटर’ यसै वर्ष २५ जनवरीमा हलमा रिलिज हुँदैछ । 

फिल्मलाई लिएर दर्शकमाझ निकै क्रेज देखिएको छ । रिलिज हुनुभन्दा १० दिन अगाडि नै फिल्मको सानदार ट्रेलर पनि सार्वजनिक भएको थियो, जसले फ्यानहरूको उत्साह झनै बढाएको छ । अहिले दर्शक फिल्मको प्रतीक्षामा छन् ।


सिद्धार्थ आनन्दको निर्देशनमा बनेको फिल्म फाइटरको अग्रिम बुकिङ पनि भइरहेको छ । 

यसैबीच, फिल्मले दिनहुँ लाखौं नोट कलेक्सन गरिरहेको छ। कोइमोईको रिपोर्ट अनुसार फाइटरले रिलिजको पहिलो दिन अग्रिम बुकिङ कलेक्सनबाट अहिलेसम्म ७०.८५ लाख कमाएको छ । अर्थात् अग्रिम बुकिङमा नै फिल्मले १ करोडको आँकडा पार गर्ने नजिक पुगेको छ ।


Author

थप समाचार
x