सिनेमा

‘दिमाग खराब’ का निर्माताले प्रदर्शन रोक्ने घोषणा किन गरे ?

इकागज |
कात्तिक २९, २०८० बुधबार २१:३१ बजे

काठमाडौँ- शो संख्या र सेयर बाँडफाँटमा आपत्ति जनाउँदै फिल्म ‘दिमाग खराब’ का निर्माताले प्रदर्शन रोक्ने घोषणा गरेका छन् । निर्माता रौनकविक्रम कँडेल र निर्देशक निश्चल बस्नेतले एक विज्ञप्ति जारी गर्दै यस्ताे घाेषणा गरेका हुन् ।

'हामीले चाहेको समान व्यवहार हो र जबसम्म विदेशी चलचित्र र नेपाली चलचित्रलाई बराबरी शो प्रदान गरिँदैन तथा फिल्म प्रदर्शन भैरहञ्जेल बराबरी सेयर बाँडफाँट हुँदैन तबसम्म नेपालमा चलचित्र प्रदर्शन रोक्ने निर्णय गरेका छौं,' जारी विज्ञप्तिमा भनिएकाे छ ।


बस्नेतले ‘वर्ड अफ माउथ’ राम्रो हुँदै गए पनि हलहरूले शो नदिएको गुनासो गरेका छन् । उनले विदेशी फिल्म बराबर आफूहरूलाई शो दिनुपर्ने समेत बताए ।

'पहिलो र दोस्रो हप्ता फिल्म लाग्दा निर्माताहरूले आम्दानीको ५० प्रतिशत पाउँछन् भने वितरकहरूले ५० प्रतिशत राख्छन्, त्यसमा डिस्टिब्यूटरको शेयर, करहरू लगायत काटिन्छ,' उनले भने ।


Author

थप समाचार
x