सिनेमा

कलाकार प्रकाश घिमिरे भीरबाट लडेर घाईते

इकागज |
कात्तिक १०, २०८० शुक्रबार ११:५५ बजे

पोखरा - कलाकार प्रकाश घिमिरे भीरबाट लडेर घाइते भएका छन् । शुक्रबार बिहान पोखरा नदिपुरस्थित भीरमा घाँस काट्ने क्रममा लँडेर घाइते भएका हुन् । उनको उद्दार गरेर उपचारका लागि मणिपाल शिक्षण अस्पताल पुर्याइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले जानकारी दिए ।

घिमिरेको अहिले आकस्मिक कक्षमा उपचार भइरहेको गायक विनोद वानियाँले बताए । ‘उपचार भइरहेको छ अहिलेसम्म होस आइसकेको छैन । तर, विस्तारै हात चलाउन थाल्नुभएको छ । अगाडि पट्टी खासै घाउ देखिएको छैन, पछाडिपट्टी के भएको छ हेर्न बाँकी छ,’ उनले भने, ‘थप उपचारका लागि काठमाडौं लैजाने की भन्ने विषयमा कुरा भइरहेको छ ।’



Author

थप समाचार
x