सिनेमा

‘भष्मेडन’को ट्रेलर सार्वजनिक

इकागज |
असोज २२, २०८० सोमबार १६:२० बजे

काठमाडौँ - फूलपातीदेखि प्रदर्शनमा आउने फिल्म ‘भष्मेडन’को ट्रेलर सार्वजनिक भएको छ । विपिन कार्कीको मुख्य भूमिका रहेको ट्रेलरले भष्मेको आठ वर्षको जीवनलाई प्रस्तुत गर्ने प्रयास गरेको छ । ट्रेलरमा सौगात मल्ल मधेसी चरित्रमा देखिएका छन् ।

कमेडीको अपेक्षा गरेका दर्शकका लागि भने ट्रेलर अपेक्षित लाग्दैन । ट्रेलरले कमेडी भन्दा पनि भावनात्मक दृश्यलाई ज्यादा ठाउँ दिएको छ । दीपेन्द्र के खनालको निर्देशन रहेको चलचित्रलाई खगेन्द्र लामिछानेले लेखेका हुन् । फिल्ममा विपिन र सौगातबाहेक प्रकाश घिमिरे, स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ आदि कलाकारको अभिनय रहेको छ । फिल्मका यसअघि दुई गीत र टिजर सार्वजनिक भइसकेका छन् । 


 



Author

थप समाचार
x