सिनेमा

ब्रेकफास्टको कुराकानीदेखि विवाहको मण्डपसम्म, तस्बिरमा परिणीति र राघवको विवाह

इकागज |
असोज ८, २०८० सोमबार ११:२० बजे

मुम्बई - इंगेजमेन्ट गरेको ५ महिनापछि अभिनेत्री परिणीति चोपडाले आम जनता पार्टीका सांसद राघव चढ्ढासँग आइतबार विवाह गरेकी छिन् । दुवैले आइतबार उदयपुरको लीला प्यालेसमा विवाह सम्पन्न गरेका हुन् । सोमबार सामाजिक सञ्जालमा केही तस्बिर राख्दै ब्रेकफास्ट टेबलमा भएको पहिलो कुराकानी लगत्तै आफूहरुलाई यो दिनको प्रतीक्षा रहेको परिणीतिले बताएकी छिन् । 

दुवैको चिनजान पुरानो भए पनि प्रेमकथा भने अलि पछि सुरु भएको बलिउडमा समाचार छ । परिणाीति र राघव दुवैले लन्डन स्कुल अफ इकोनोमिक्सबाट अर्थशास्त्रमा डिग्री लिएका थिए । डिग्री सकेर परिणीति फिल्ममा आइन् भने राघव चार्टड अकाउन्ट हुँदै राजनीतिमा । यही बीचमा दुवै बीच कुराकानी हुन थालेपछि राघव चढ्ढा एक दिन परिणीतिको फिल्मको सेटमा पुगेपछि दुवैबीच मायाप्रीति पक्का भएको समाचारहरुमा उल्लेख गरिएको छ ।


पञ्जाबमा सुटिङ भइरहेको फिल्म ‘चमकिला’को सेटमा साथीको रुपमा भेटेपछि दुवैबीच अफेयर सुरु भएको बताइएको छ । अभिनेत्री बन्नुअघि परिणीतिले यशराज स्टुडियोमा फाइनान्स डिपार्टमेन्टमा काम गर्थिन् तर यही समयमा यशराजकी कास्टिङ निर्देशकको नजर उनीमाथि परेपछि उनले ‘इशकजादे’बाट डेब्यु गरेकी थिइन् । 


 


Author

थप समाचार
x