सिनेमा

ओखलढुंगाको रुम्जाटारबाट ‘डिग्री माइला’ सुरु

इकागज |
असोज ५, २०८० शुक्रबार १०:४८ बजे

काठमाडौँ - निर्देशक रामबाबु गुरुङ सुटिङका लागि आफ्नो घर पुगेका छन् । गुरुङ ओखलढुंगाको रुम्जाटारका स्थायी बासिन्दा हुन् । उनले नयाँ फिल्म ‘डिग्री माइला’को सुटिङ यही ठाउँबाट सुरु गरेका छन् । बेरोजगार युवकको तिलस्मी सपनामाथि बन्ने फिल्ममा दयाहाङ राई र आँचल शर्माको मुख्य भूमिका रहनेछ ।

निर्देशक गुरुङले पहिलो दिन क्यामरा पूजा गरेको तस्बिर राख्दै सुटिङ सुरु भएको जनाऊ दिएका छन् । जानकारीमा आएअनुसार यो फिल्मको पहिलो सेड्युल १५ दिनको हुनेछ । बाँकी सुटिङ मंसिरमा गर्ने निर्माण टिमको योजना छ । 


‘कबड्डी’ सिरिजका फिल्मबाट सफलता पाउँदै आएका गुरुङ यो बाहेकका फिल्ममा भने असफल रहँदै आएका छन् । यसैले ‘कबड्डी ’को नयाँ शृंखला बनाउने चर्चाबीच फ्लोरमा गएको ‘डिग्री माइला’लाई चासोका साथ हेरिएको छ । निर्माण टिमले चलचित्र नयाँ वर्ष प्रदर्शन गर्ने जानकारी गराएको छ । यही मितिमा बाँकी दुई फिल्मले पनि प्रदर्शन हुने घोषणा गरेका छन् । 


Author

थप समाचार
x