सिनेमा

‘जात्रा’ सिरिजमा थपिए हरिवंश आचार्य, चैतमा रिलिज

इकागज |
भदौ ९, २०८० शनिबार १४:३४ बजे

काठमाडौँ -  ‘जात्रा’ सिरिजको तेस्रो शृंखलामा हरिवंश आचार्यको प्रवेश भएको छ । ‘महाजात्रा’ नाममा बन्न लागेको नयाँ शृंखलामा बाँकी कलाकार भने दोहोरिएका छन् । फिल्ममा विपिन कार्की, रविन्द्र सिंह, रविन्द्र झा र वर्षा राउत यथावत रहनेछन् ।

निर्माण टिमले शनिबार पोस्टर जारी गर्दै फिल्मको प्रदर्शन मिति पनि टुंगो गरेको हो । फिल्मले प्रदर्शनका लागि चैत ९ गतेको मिति छानेको छ । पोस्टरले ‘महाजात्रा’ पनि पैसाकै वरिपरि केन्द्रित रहने संकेत गरेको छ । सार्वजनिक पोस्टरमा ट्रकमा लोड गरिएको पैसा र ट्रकमा लेखिएको क्याप्सनले ‘महाजात्रा’ पैसाको लफडाबाजीमा केन्द्रित रहने संकेत गरेको छ । शृंखलाको दोस्रो चलचित्र ‘जात्रै जात्रा’ सुन तस्करीको विषयमा केन्द्रित थियो ।


अघिल्ला दुई शृंखलाझैँ यो चलचित्रलाई पनि प्रदीप भट्टराईले लेखन तथा निर्देशन गर्नेछन् । चलचित्रको निर्माणमा भने म्याक्स दीपेश खत्री र यज्ञेश्वर पौडेलको साथ रहनेछ । रविन्द्रसिंह बानियाँ कार्यकारी निर्माता रहनेछन् ।
 


Author

थप समाचार
x