सिनेमा

विपिन कार्कीको जन्मदिनमा 'भष्मे डन'को दृष्यावतार

इकागज |
भदौ ५, २०८० मंगलबार १२:५३ बजे

काठमाडौँ-  अभिनेता विपिन कार्कीको जन्मदिनको अवसर पारेर 'पशुपति प्रसाद २ : भष्मे डन'को टिजर सार्वजनिक भएको छ । सिनेमाको सार्वजनिक टिजरमा अभिनेता कार्कीको क्यारेक्टरलाई मात्रै प्रस्तुत गरिएको हो ।

'पशुपति प्रसाद'को मृत्यु पश्चात पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न संघर्षरत 'भष्मे डन'को जीवनमा एउटा रोमाञ्चक पात्रको प्रवेशपछि सुरु भएको परिचय र आत्मसम्मानको लागि गर्ने शक्ति संघर्षको कथामा निर्माण गरिएको हो ।


दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको पशुपति प्रसाद २ : भष्मे डनमा विपिनका अलवा स्वस्तिमा खड्का, सौगात मल्ल, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकास घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल प्रकाश दाहालको पनि अभिनय रहेको छ । सिनेमाको एक गीतमा अभिनेत्री आँचल शर्मा र अभिनेता निश्चल खड्का पनि विशेष भूमिकामा देखिने छन् ।

टुकी आर्टस्को ब्यानरमा निर्माण भएको सिनेमालाई खगेन्द्र लामिछानेले निर्माण गरेका हुन्  । सिनेमा पनि उनैले  लेखेका हुन् ।  निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाज तथा सुभाष भुषालको संगीत रहेको छ । आगामी  दसैँको फूलपातीबाट सिनेमा प्रदर्शनमा आउने छ ।

'पशुपति प्रसाद'को चरित्र 'भष्मे डन'मा केन्द्रित सिक्वेलको रुपमा निर्माण गरिएको हो । लेखक लामिछानेले सिनेमा नाम मात्रको सिक्वेल नभई अर्थपूर्ण र तर्कपूर्ण सिक्वेल बनेको बताउँछन् । सिनेमालाई नेपालमा डिसिएन, टि फक्स र रिच इन्टरटेनमेन्ट अनि भारतमा सुष्मा प्रोडक्सन र विश्वभर सेभेज सिजले वितरण गर्दैछन् ।

 


Author

थप समाचार
x