सिनेमा

‘जेलर’ले कटायो ५ सय करोड, आफ्नै फिल्मको रेकर्ड पछ्याउँदै रजनीकान्त

इकागज |
भदौ ५, २०८० मंगलबार १२:३८ बजे

मुम्बई- रजनीकान्तको नयाँ फिल्म ‘जेलर’ले बक्स अफिसमा अपत्यारिलो व्यापार गरेको छ । फिल्म रिलिजको दोस्रो हप्तामै ५ सय करोड कमाउँदै यो चलचित्र तमिल चलचित्र उद्योगको सर्वाधिक कमाउने दोस्रो फिल्मको सूचीमा उभिएको छ । 

फिल्मले दोस्रो आइतबार मात्र  १९ करोडको व्यापार गरेको थियो । यसमा १४ करोड रुपैँयाँ तमिलको घरेलु बजारबाट उठेको थियो भने ४ करोड तेलगुबाट कमाएको थियो । यसले हिन्दीमा भने ७० लाख कमाइ गरेको थियो । यसरी यो फिल्मले २ सय ८१ करोड भारतमाकमाइ गरेको छ ।


फिल्मले विदेशी बजारबाट २२ मिलियन अर्थात् १ सय ८० करोड कमाइ गरेको छ । यसरी कुल रकम मिलाउँदा फिल्मले ५ सय १० करोड कमाइ गरेको छ ।
यसअघि दोस्रो स्थानमा रहेको पोन्नियन सेल्भनलाई उछिन्दै ‘जेलर’ तमिलमा कमाउने फिल्मको सूचीको दोस्रो स्थानमा उक्लिएको हो ।

योसँगै रजनीकान्त आफ्नै फिल्मको रेकर्ड भत्काउने अभियानमा रहेका छन् । तमिलमा अहिलेसम्म सबैभन्दा धेरै कमाउने फिल्ममा रजनीकान्तकै फिल्म ‘रोबोट’को दोस्रो भाग रहेको छ । यो फिल्मले विश्वभरबाट ७ सय ७६  करोड कमाइ गरेको छ । यो लगभग दस वर्षअघिको रेकर्ड हो ।   


Author

थप समाचार
x