सिनेमा

‘ऐँचो पैँचो’ को कथा राजनीति हैन, सामाजिक हो

इकागज |
भदौ ४, २०८० सोमबार १२:४६ बजे

तस्बिर सौजन्य : ज्ञानु राई

काठमाडौँ  - निर्देशक कृषा चौँलागाईँले अहिले दुइटा कुराको स्पष्टीकरण दिइरहनु परेको छ । एउटा त फिल्मको कथालाई लिएर अनि अर्को वर्षा राउतको भूमिकालाई लिएर । आइतबार भएको पत्रकारसँगको अन्तक्र्रियामा पनि उनले यही स्पष्टीकरण दोहोर्याइन् ।

पहिलो त हाम्रो फिल्म पोलिटिकल हैन । यसको पृष्ठभूमि मात्र राजनीति हो । यसलाई हामीले  सोसल ड्रामा भनेर बनाएका हौँ र यही हो पनि,’कृषाले भनिन् । 
उनले चिर्न परिरहेको अर्को हल्ला हो वर्षा राउतको फिल्मलाई लिएर असन्तुष्टि । ट्रेलर सार्वजनिक कार्यक्रममा वर्षा राउत नदेखिनु र पोस्टर तथा टिजरमा पनि उनलाई कम स्थान दिनुले निर्माण टिमले वर्षालाई माइनस गरेको पनि चर्चा चलेको थियो । तर कृषाले वर्षाको जहाज ढिलो उडेकाले कार्यक्रममा आउन नसकेको जानकारी गराइन् भने वर्षाको धेरै दृश्य राख्दा फिल्मको कथा खुल्ने भएकाले कम दृश्य समेटेको जानकारी गराइन् ।

कृषाको भनाइलाई समर्थन गर्दै वर्षाले फिल्मको भूमिका र प्रचार सामाग्रीमा आफ्नो स्थानलाई लिएर कुनै गुनासो नभएको बताइन् ।ुसुटिङको क्रममा नै मेरो भूमिका काटिएको हुन्थ्यो भने म आज यहाँ हुँदिनथेँ। मलाई त निर्देशकले अस्तीसम्म पनि अझै केही दृश्य खिचौँन भनिरहनु भएको थियो । मैले नै अब त भयो भनेर भनेकी हुँ’ उनले भनिन् ।


अभिनेत्रीद्वय वर्षा र स्वस्तिमाका साथ निर्देशक कृषा । 

कृषाले ‘ऐँचो पैँचो’लाई आफूले निर्माण गरिरहेका ठूला क्यानभाषका फिल्मको निरन्तरताको रुपमा अथ्र्याइन् । ‘बीचमा मैले अलि फरक खालको फिल्म पनि बनाउने प्रयास गरेको थिएँ । तर म ठूलो क्यानभाषका फिल्म निर्माण गर्न रुचाउँछु र यो फिल्म पनि त्यस्तै छ,’कृषाले भनिन् । कृषाको परिभाषामा ठूलो क्यानभाषका चलचित्रको मतलब मसालेदार र मनोरञ्जनका खुराकले भरिपूर्ण चलचित्र हुन् । 

कलाकारहरू वर्षा राउत, मुकुन भुसाल, कोशिस क्षेत्री र स्वस्तिमा खड्का पनि उपस्थित कार्यक्रममा उनीहरूले फिल्मको कथा खोल्न नमिल्ने भन्दै आफ्नो भूमिका बताउन चाहेनन् । तर चलचित्रमा काम गर्दाको अनुभव सुखद रहेको प्रतिक्रिया व्यक्त गरे । योसँगै उनीहरूले राजनीतिप्रतिको बुझाइलाई लिएर लामै भाषण दिए । उनीहरूले राजनीति जीवनको अंग भएको बताउँदै तरकारी  बजारमा समेत राजनीति हुने बताए । भदौ १४ बाट सार्वजनिक प्रदर्शनमा आउन लागेको चलचित्रमा सुशील सिटौला, रवीन्द्र झा, विशाल पहारी आदि कलाकारको पनि अभिनय रहेको छ । अभिमन्यू निरवीको कथा रहेको चलचित्रलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् ।
 


Author

थप समाचार
x