सिनेमा

हलिउडमा बढ्दैछ भारतीय अभिनेत्रीको दबदबा

इकागज |
भदौ ३, २०८० आइतबार १२:३३ बजे

मुम्बई -  बलिउड अभिनेत्री आलिया भट्टले अभिनय गरेको  ‘हर्ट अफ स्टोन’ अहिले चर्चामा छ । नेटफ्लिक्समा रिलिज भएको यो चलचित्रले मिश्रित प्रतिक्रिया पाएको छ तर यसले आलियालाई हलिउडमा जम्ने बाटो खोलेको अनुमान छ । 

खासगरी बलिउडबाट हलिउड गएकी प्रियंका चोपडा हलिउडमा जमेको देखेपछि भारतका धेरै अभिनेत्री अहिले हलिउड छिर्ने प्रयासमा जोडतोडले लागेका छन् । आलिया यसको ताजा उदाहरण हुन् ।बलिउडबाट कुनै अभिनेत्री हलिउड फिल्ममा अभिनय गरेको इतिहास चार दशक पुरानो छ । चार दशक पहिले भारतीय अभिनेत्री पर्सिस खंबाटाले हलिउडमा गएर पहिलो फिल्म खेलेकी थिइन् ।


वैवाहिक जीवनमा तनाव खेपेर बाहिर निस्कने प्रयास गरिरहेकी सामान्था रुथ प्रभु पनि चाँडै नै हलिउड फिल्ममा देखिँदैछिन् । सामान्था फिलिप जोनको फिल्ममा जासुसी संस्था चलाउने अल्पसंख्यकको भूमिकामा देखिँदैछिन् ।यो सूचीमा ज्याकलिन फर्नान्डिज पनि छन् । उनी ‘टेल इट लाइक अ वुमन’सँगै हलिउड प्रवेश गरेकी छिन् । 

हालै अनिल कपुरसँग ‘नाइट मेनेजर’मा देखिएकी शोभिात धुलिपाला पनि हलिउड प्रवेश गर्दैछिन् । उनी देव पटेलसँग ‘मंकी मेन’मा देखिँदैछिन् । दीपिका पादुकोनले भने केही वर्ष पहिले नै हलिउडमा पाइरा राखिसकेकी छिन् ।
 


Author

थप समाचार
x