सिनेमा

मल्टिस्टारर ‘पञ्चामृत’मा आँचलको प्रवेश, धिरजसँग जोडी बाँधिने

इकागज |
साउन २, २०८० मंगलबार १२:४६ बजे

काठमाडौँ - नयाँ पुराना कलाकारको जम्बो टोलीसहित बन्न लागेको ‘पञ्चामृत’मा आँचल शर्मा पनि अनुबन्धित भएकी छिन् । निर्माण टिमसँग उनले केही दिनअघि सम्झौता गरेकी हुन् । फिल्ममा यसअघि नै सौगात मल्ल र धिरज मगर अनुबन्धित भइसकेका थिए । फिल्ममा आँचलले धिरजसँग रोमान्स गर्नेछिन् ।

फिल्ममा निरुता सिंह र विपना थापाको पनि महत्वपूर्ण भूमिका रहनेछ । फिल्ममा उत्तम प्रधान पनि रहने चर्चा छ । यो फिल्मलाई मुस्कान ढकालले निर्देशन गर्दैछन् । ‘समर लभ’पछि मुस्कानले निर्देशनमा कमब्याक गर्न लागेका हुन् । फिल्मलाई सञ्जय लामाले खिच्ने चर्चा छ भने चलचित्रमा संगीत अर्जुन पोखरेलको रहनेछ । 


फिल्मको सुटिङ भदौ दोस्रो साताबाट सुरु गर्ने निर्माण टिमको तयारी छ । यसअघि सौगातले ‘अगस्त्य’ र धिरजले ‘एक भगवत् गीता’को सुटिङ सक्नेछन् । दुवैले दुवै फिल्मको पहिलो सेड्युल सकेका छन् ।धिरजको यो साल रिलिज ‘ज्याकी आइ एम ट्वान्टी वन’ले अपेक्षित व्यापार नगरेपछि धिरज बक्स अफिसमा दबाबमा छन् । उनको अघिल्लो रिलिज ‘बाबरी’ले पनि सोचेझैँ व्यापार गर्न सकेको थिएन । 


Author

थप समाचार
x