सिनेमा

जोमसोमको डाँडैमा हिँउ खेल्न जाने सल्लाह गर्दै सलोन र केकी

इकागज |
साउन १, २०८० सोमबार १६:२१ बजे

काठमाडौँ- शोभित बस्नेतको प्रस्तुतिमा निर्माण भएकको सिनेमा 'जय हो' पहिलो गीत सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमामा समावेश 'जोमसोमको डाँडैमा हिँउ खेल्न जाने की' बोलको गीत सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतमा शम्भुजित बास्कोटाको शब्द रचना तथा संगीत रहेको गीतमा सुरेश लामा र अस्मिता अधिकारीको स्वर सुन्न सकिन्छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको अडियो तथा भिडियो पक्ष बबाल लाग्छ । सार्वजनिक गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार अर्पण थापा, सलोन बस्नेत, केकी अधिकारी, निशा अधिकारी र माओत्से गुरुङ फिचर्ड छन् ।


टेक पौरखी राईको निर्देशन निर्माण भएको सिनेमामा प्रेम पाण्डे, दिपा शाक्य श्रेष्ठ, सुबि मगर, सुमिन गुरुङ, सुशान्त श्रेष्ठ लगायतका कलाकारको पनि अभिनय रहेको छ । सिनेमामा सम्राट बस्नेत द्धन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन, गौतम राज खड्काको सह-सम्पादन, समीर मियाँको भिएफएक्स र केबलमान सिङ बस्नेत प्रोडक्सन डिजाइनर रहेको सिनेमाका मुख्य सहायक निर्देशक दिप्तप्रकाश अधिकारी हुन् ।

मुस्ताङ र कास्कीका विभिन्न रमणीय स्थानमा खिचिएको सिनेमामा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ । कमेडी, एक्सन र लभस्टोरीको समिश्रण रहेको सिनेमाका निर्माता राज के अधिकारी र सुरज सरकार हुन् । आगामी भाद्र ८ अर्थात् अगष्ट २५ बाट सिनेमा प्रदर्शनमा आउनेछ ।

सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण भएको सिनेमाको सार्वजनिक पोस्टरले दर्शकबाट राम्रो प्रतिक्रिया पाएका थिए । पोस्टरले दर्शकमाझ बढाएको कौतुहलता सार्वजनिक टिजरले अझै बढाएको विश्वास निर्माण टिमलाई छ । सिनेमालाई उपत्यकामा डिसिएन तथा रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछ ।

 


Author

थप समाचार
x