सिनेमा

जेनिथलाई मन नपर्ने किस

एजेन्सी |
असोज २९, २०७७ बिहीबार १३:५५ बजे

‘आइरनम्यान’ मा रबर्ट डाउनी जुनियर र जेनिथ पाल्ट्रोको केमेस्ट्री खुब रुचाइएको थियो । फिल्ममा रबर्ट र जेनिथको किस सिन फ्यानले खुब रुचाएका थिए । तर, जेनिथ पाल्ट्रोलाई भने रबर्टसँगको यही किस बेकामे लागेको छ । जब उनलाई एउटा पडकास्टमा ‘अहिलेसम्मको सबैभन्दा मीठो किस’को बारेमा सोधियो उनले मीठा हैन विरक्त लागेको किसको सम्झना गरिन् ।
 
जेनिथका अनुसार ‘आइरनम्यान’मा रबर्टलाई किस गर्दा उनलाई बिल्कुलै मजा आएको थिएन । ‘मीठो कुन थियो त्यो त याद छैन । तर, धेरैले रुचाएपनि रबर्टसँग किस मेरो खत्तम किसिङ सिन थियो,’ अर्की अभिनेत्री केट हडसनसँगको पडकास्ट कुराकानीमा जेनिथले भनेकी थिइन् । 

उता केटले पनि ‘हाउ टु लुज अ गाय इन टेन डेज’मा म्याथु मेकनघीसँगको किस सिन आफूलाई खत्तम लाग्ने अनुभव बाँडेकी थिइन् । ‘म्याथुसँगको किस यस्तो लाग्थ्यो मानौं प्लेन क्रयास भएर समुन्द्रमा झरेको छ र उसको अनुहारभरी सिंगानै सिंगान छ,’ केटले भनेकी थिइन् । 



Author

थप समाचार
x