सिनेमा

‘निफ’को जुरीमा थपिए प्रियंका कार्की र इन्द्रलाल बलामी

इकागज |
माघ २०, २०७९ शुक्रबार १५:१४ बजे

काठमाडौँ - आउँदो चैत २ देखि ६ गते (मार्च १६–२०) सम्म हुने छैटौं ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) को जुरी कमिटीमा प्रियंका कार्की र इन्द्रलाल बलामी  थपिएका छन् । ‘निफ’को जुरीमा अभिनेत्री प्रियंका कार्की फिचर तर्फको जुरी सदस्यमा र माया   एकेडेमीका इन्द्र लाल बलामी छोटा र वृत्तचित्र जुरी कमिटीमा मनोनित भएका हुन् ।  

यस वर्ष ‘निफ’मा छनौट भएर दोस्रो चरणमा आइपुगेका ३५ देशका ९५  लामा, छोटा, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्र मध्येबाट ७ विधामा १४ वटा पुरस्कार वितरण गरिने छ । ‘निफ’मा एक दर्जन बढी रचनात्मक कार्यक्रम (गोष्ठी, अन्तक्र्रिया) समेत आयोजना गरिने आयोजकले जनाएको छ । 



Author

थप समाचार
x