बैंक-वित्त

कामना सेवाद्वारा २०८१ को क्यालेन्डर सार्वजनिक

इकागज |
फागुन २३, २०८० बुधबार २०:२८ बजे

काठमाडौँ  - कामना सेवा विकास बैंकले वि.सं.२०८१ को वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यले बैंकको आफ्नो क्यालेन्डरमा विभिन्न तालहरुलाई समावेश गर्दै २०८१ को क्यालेन्डर तयार गरेको हो ।

बैंकको क्यालेन्डरमा राखिएका तालहरूको उचाई, तालसम्म पुग्ने मार्ग तथा विस्तृत विवरण प्राप्त गर्नको लागि बैंकले क्यालेन्डरमा नै क्युआर कोडको व्यवस्था गरिएको बैंकले जनाएको छ ।


नेपाल खपंचाङ्ग निर्णायक विकास समितिबाट स्वीकृत प्राप्त उक्त क्यालेन्डर डिजिटल माध्यमबाट प्राप्त गर्नको लागि क्युआर कोड समेत सार्वजनिक गरेको छ ।उक्त क्युआर कोड बैंकको सामाजिक संजालहरू तथा वेबसाइट मार्फत् सार्वजनिक गरिएको बैंकले जनाएको छ ।उक्तक्यालेन्डरमा नेपालपंचाङ्ग निर्णायकविकास समितिले निर्णय गरेका विभिन्न तिथिहरु समेत समावेश गरिएको छ । 

डिजिटल प्रविधिलाई अधिकतम प्रयोग गर्दै आइरहेको कामना सेवा विकास बैंकले देशका विभिन्न स्थानमा रहेका १३५ संजाल तथा ७७ वटा एटिएमबाट आफ्ना अत्याधुनिक सेवा सुविधा प्रदान गर्दै आइरहेको छ ।


Author

थप समाचार
x