बैंक-वित्त

नेपालको बैंकहरू सुरक्षित छन् : गभर्नर अधिकारी

इकागज |
फागुन २०, २०८० आइतबार १७:४८ बजे

काठमाडौँ- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको बैंकहरू सुरक्षित रहेको बताएका छन् ।

आइतबार बसेको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा गभर्नर अधिकारीले बैंकहरूलाई राष्ट्र बैंकले मोनिटरिङ गरिरहेको भन्दै नेपालको बैंकहरू सुरक्षित रहेको बताएका हुन् ।


उनले नेपालका बैंकहरूको अवस्थालाई हेरेर नै विदेशी बैंकहरूले नेपाललाई विश्वास गरिरहेको धारणा राखे । गभर्नर अधिकारीले ऋण मिनाहा हुन्छ भन्ने अराजक हल्लाहरू बजारमा चलाइएकाले ऋण असुलीमा केही समस्या देखिएको जिकिर गरे ।

अराजक गतिविधिले बैंकिङ क्षेत्रको मनोबल गिराउने काम भइरहेको भन्दै उनले अराजकतालाई रोक्न नसके सोचेअनुसारको कर्जाको माग हुने र कर्जा प्रवाह हुने अवस्था नरहने बताए । बैंकिङ क्षेत्र र नियमन निकायलाई कमजोर बनाउन धाराप्रवाह रूपमा आक्रमण भइरहेको भन्दै यसलाई राज्यले नियन्त्रण गर्नुपर्ने उल्लेख गरे ।

गभर्नर अधिकारीले अहिले बैंकसँग लगानी गर्ने ६ खर्ब रुपैयाँको तरलता रहेको र खराब कर्जा ३ दशमलव ४० प्रतिशत पुगेको जानकारी दिए ।


Author

थप समाचार
x