बैंक-वित्त

एभरेष्ट बैंक र एएसजी आइ हेल्थबीच छुट प्रदान गर्ने सम्झौता

इकागज |
पुस ११, २०८० बुधबार २१:४१ बजे

काठमाडौँ- एभरेष्ट बैंक लिमिटेड र एभरेष्ट बैंक र एएसजी आइ हेल्थ सर्भिस प्रा.लि. नयाँ बानेश्वरबीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । यो संगै बैंकका सम्पूर्ण ग्राहकहरूले उक्त अस्पतालको विभिन्न सेवामा १० प्रतिशतसम्मको आकर्षक छुट पाउने छन् । 

उक्त सम्झौता लागू भए संगै बैंकका सम्पूर्ण ग्राहकहरू, कार्ड प्रयोगकर्ताहरू साथै कर्मचारीहरू तथा तिनका पारिवारिक सदस्यहरूले उक्त आँखा अस्पताल तथा भारतमा रहेको १४० शाखाबाट समेत Surgery Procedures, Minor Investigation (Staff Only), Opticals  मा १० प्रतिशतसम्मको विशेष छुटको लाभ लिन सक्नेछन् । साथै पहिलो पटक रजिष्ट्रेसन तथा ओपिडी शुल्क नलाग्ने र एक पटकको लागि १५ दिन भित्रको Follow Up समेत नि:शुल्क हुनेछ ।


सो समारोहमा बैंकका नायब महाप्रबन्धक गौरव कुमार, बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्प राज उप्रेती, बजार अधिकृत एलिना कार्की तथा अस्पतालका तर्फबाट व्यापार प्रवर्द्धन प्रबन्धक सञ्जिवकुमार ठाकुरको समेत उपस्थिति रहेको थियो । 

स्थापनाकालदेखि नै ग्राहकहरूको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १४ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरू रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १२८ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १६४ ATMसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र SMS बैकिंग सुविधा प्रदान गर्दै आइरहेको छ ।

यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ । 


Author

थप समाचार
x