अटो

'नेटा भि'को मेगा एक्सचेन्ज क्याम्प

इकागज |
पुस २५, २०८० बुधबार १४:४० बजे

काठमाडौँ- सिजि मोटर्स प्रा.लिले विद्युतिय सवारी साधन 'नेटा भि'को बजार प्रवर्द्धनका लागि मेगा एक्सचेन्ज क्याम्पको आयोजना गरिएको छ । हाललाई काठमाडौँ उपत्यका लक्षित गरेर आयोजना गरिएको एक्सचेन्ज क्याम्पमा पुराना तथा २० वर्ष पुगिसकेका सवारी साधनसमेत नयाँ 'नेटा भि'सँग एक्सचेन्ज गर्न सकिने कम्पनीले जनाएको छ । पुराना सवारी साधनको न्यूनतम मूल्यांकन ४ लाखको रहने कम्पनीले जनाएको छ ।

स्वीच टु द प्योर इभी नारा दिइएको यस एक्सचेन्ज क्याम्पको मुख्य उद्देश्य 'नेटा भि'को प्रवर्द्धन गर्नु मात्र नभइ पुराना प्रदूषण गरिरहेका सवारी साधनको व्यवस्थापनसमेत रहेको कम्पनीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।


यो मेगा एक्सचेन्ज क्याम्प छोटो समयका लागि मात्रै रहेको कुरा कम्पनीले जनाएको छ । 'नेटा भि' गाडिमा ८ वर्ष वा एक लाख ५० हजार किमीको वारन्टी रहेको छ । यसका साथै यसमा रहेको ज्भ्एत् २.० प्रविधिले ब्याट्रिलाई तात्न वा बढि चिसो हुन दिदैन ।

'नेटा भि' हाल नयाँ ५० कि. वा. को LFP ब्याट्रिसहित शोरुमहरुमा उपलब्ध रहेको छ । LFP ब्याट्रि हाल उपलब्ध ब्याट्रिहरूमध्ये सबैभन्दा सुरक्षित तथा लामो आयुको मानिन्छ । नयाँ ब्याट्रिले गर्दा 'नेटा भि' अब सबैभन्दा सुरक्षित ब्याट्रि युक्त तथा ३८० किमीको लामो रेन्ज सहितको नेपालमै सबैभन्दा सुलभ विद्युतिय सवारी साधन भएको जनाएको छ ।

साथै यो ब्याट्रिले २०२४ को अटोबेस्ट अवार्डसमेत प्राप्त गरेको छ ।


Author

थप समाचार
x