कला

बलिउड चलचित्र 'रामायण' मा दशरथको भूमिकामा अमिताभ बच्चन

इकागज |
चैत १३, २०८० मंगलबार १५:३२ बजे

मुम्बई- नितेश तिवारीको फिल्म ‘रामायण’ मा दशरथको भूमिकामा अमिताभ बच्चन देखिने संकेत देखिएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार बिग बिलाई दशरथको भूमिका निभाउनका लागि अफर गरिएको छ तर अमिताभले अहिले नै टुंगो भने दिइसकेका छैनन् । उनी यसका बारेमा इच्छुक भए पनि निर्णय भने लिई सकेका छैनन्, यद्यपि कुराकानी चलिरहेको छ । 


सो फिल्ममा रामको भूमिकामा रणवीर कपुर तथा सीताको भूमिकाका लागि साई पल्लवीलाई यसअघि नै छनोट गरी सकिएको छ । फिल्ममा केजीएफ स्टार यशले रावणको भूमिका निभाउने सम्भावना छ भने सनी देओललाई हनुमानको भूमिकामा राखिएको बताइएको छ । भाइ कुम्भकर्ण र विभिषणको भूमिकाका लागि बबी देओल र विजय सेतुपतिसँग कुराकानी भइरहेको भारतीय मिडियाले लेखेका छन् ।

तर, यसै वर्षको सुरुमा सुटिङ गर्ने भने पनि सुटिङ समय अन्योल भइरहेको छ । कलाकारहरू चयन भइनसकेकाले सुटिङमा रामायण जानका लागि अझै समय लाग्ने जनाइएको छ । ‘धेरै आन्तरिक समस्या’ पहिले समाधानपछि बल्ल सुटिङमा जाने नितेश तिवारीले जनाएका छन् । 

‘प्रोजेक्ट चलिरहेको छ तर यो वर्षमा गर्ने प्रयास हो तर अझै यहाँ धेरै आन्तरिक कामहरू मिलाउन बाँकी रहेका छन,’ बलिउड हंगामाले उल्लेख गरेको छ । समाचारमा यो पनि भनिएको छ कि कलाकारहरूको पोशाक डिजाइन बनाउन ढिलाइ भएको छ किनभने पोशाकहरूले पौराणिक कालीन झल्को दिनु पर्ने हुन्छ ।’


Author

थप समाचार
x