कला

महाभारतका 'कृष्ण'ले दिए पूर्वश्रीमतीविरूद्ध उजुरी

इकागज |
फागुन ४, २०८० शुक्रबार ८:८ बजे

मुम्बई- धार्मिक टिभी शो महाभारतमा भगवान कृष्णको भूमिका निभाएका अभिनेता नितिश भारद्वाजलाई कसले भुल्न सक्छ । विगतमा नितिशको नाम उनको व्यक्तिगत जीवनलाई लिएर चर्चाको विषय बनेको देखिन्छ ।

यसैबीच नितिशको बारेमा ठूला समाचार बाहिर आएका छन् । सानो पर्दाका श्रीकृष्ण आफ्नी आईएएस अफिसर पत्नी स्मिता घाटेसँग दिक्क भइसकेका छन् । अभिनेताले आफूमाथि स्मिताले मानसिक उत्पीडन गरेको जस्तो गम्भीर आरोप लगाएका छन् । यस विषयमा नितिश भारद्वाजले प्रहरीसमक्ष सम्पर्क गरेका छन् ।


दोस्रो विवाहको रूपमा नितिश भारद्वाजले मध्य प्रदेश क्याडरकी आईएएस अधिकारी स्मिता पाटिलसँग विवाह गरेका थिए । तर केही वर्षपछि नितिश र स्मिताको सम्बन्धविच्छेद भयो । फ्रि प्रेस जर्नलको रिपोर्ट अनुसार नितिशकी पूर्व पत्नीले उनलाई अझै पनि उत्पीडन गरिरहेकी छिन् ।

नितिशले भोपालका पुलिस कमिश्नरमा यस विषयमा उजुरी दिएका छन् र स्मिताले आफूलाई मानसिक रूपमा सताएको बताएका छन् । यति मात्र होइन, उनले छोरीहरूलाई भेट्नसमेत दिएकी छैनन् ।

नितिश भारद्वाजको यो गुनासोलाई ध्यानमा राख्दै भोपालका प्रहरी आयुक्तले यस विषयमा छानबिन गर्न आदेश दिएका छन् । यस गुनासोमा नितिशले मूलतः प्रशासनसँग सहयोग मागेका छन् । यसरी फेरि एकपटक महाभारतका श्रीकृष्णको नाम चर्चाको विषय बनेको हो ।

वास्तवमा सन् २००९ मा नितिश भारद्वाजले स्मिता घाटेसँग दोस्रो विवाह गरेका थिए । सुरुमा उनीहरूबीच सबै कुरा राम्ररी चल्यो र विवाहको केही वर्षपछि उनीहरूबाट दुई जुम्ल्याहा छोरी जन्मिए । तर केही समयपछि उनीहरूको सम्बन्धमा दरार आयो र २०१९ मा उनीहरूको बाटो सदाका लागि छुट्टिएका थिए ।


Author

थप समाचार
x