कला

'एनिमल'को टक्करमा परेको ‘साम बहादुर’ले कति कमायो ?

इकागज |
मंसिर २५, २०८० सोमबार १०:२९ बजे

मुम्बई- विक्की कौशलको पछिल्लो फिल्म ‘साम बहादुर’ र रणवीर कपूरको ‘एनिमल’सँगै थिएटरमा रिलिज भयो । रिलिज भएदेखि नै ‘एनिमल’ले बक्स अफिसमा ठूला कीर्तिमान बनाइरहेको छ भने सामबहादुरले पनि बक्स अफिसमा आफ्नो पकड कायम राख्ने कोसिस गरिरहेको छ ।

पहिलो सातापछि ‘सामबहादुर’को कमाईमा उल्लेख्य गिरावट आएपनि दोस्रो साताको अन्त्यमा फिल्मको कमाईमा उछाल आएको छ र ५० करोडको आँकडा पार गरेको छ । ‘साम बहादुर’ले रिलिजको १० औँ दिनमा पुग्दा ५० करोड बढी कमाएको छ ।


‘साम बहादुर’मा विक्की कौशलले मुख्य भूमिका निर्वाह गरेका छन् । यो फिल्म देशका प्रथम फिल्ड मार्शल साम मानेकशको जीवनमा आधारित छ । विक्की कौशलको ‘साम बहादुर’ले रिलिजको पहिलो दिनदेखि नै रणवीर कपूरको ‘एनिमल’सँग कडा प्रतिस्पर्धा गरेकाले ‘साम बहादुर’को कमाईमा ठूलो असर परेको थियो । फिल्मको कमाईको कुरा गर्दा ‘साम बहादुर’ले रिलिजको पहिलो साता ३८ करोड ८८ लाख रुपैयाँ कमाएको थियो भने दोस्रो साता ‘सामबहादुर’को कमाई बढेको छ ।

फिल्मले दोस्रो शुक्रबार साढे तीन करोड कमाएको छ । दोस्रो शनिबार ‘सामबहादुर’को कमाईमा ९२ दशमलव ८६ प्रतिशतले वृद्धि भई ६ करोड ७५ लाख रुपैयाँ कमाएको छ । अब ‘सामबहादुर’को रिलिजको दोस्रो आइतबार अर्थात् १० औँ दिनको कमाईको प्रारम्भिक तथ्यांक आएको छ ।

सक्कनिल्कको प्रारम्भिक ट्रेन्ड रिपोर्ट अनुसार ‘सामबहादुर’ले रिलिजको १० दिनसम्ममा पुग्दा ५६ करोड ५५ लाखको व्यापार गरेको छ ।

‘सामबहादुर’ रिलिजको पहिलो दिनदेखि नै एनिमलको आँधीको सामना गरिरहेको छ । फिल्मको कमाईको गति सुस्त थियो तर विक्की कौशलको फिल्मले रिलिजको १० दिनमा ५० करोडभन्दा बढी कलेक्सन गरेर नयाँ रेकर्ड बनाएको छ । अब यो फिल्म १०० करोडको आँकडा छुनतर्फ अघि बढिरहेको छ तर कति कमाउँछ भन्‍ने हेर्न बाँकी छ ।


Author

थप समाचार
x