कला

कति बिक्यो 'एनिमल'को अग्रिम टिकट ?

इकागज |
मंसिर १४, २०८० बिहीबार ११:१७ बजे

मुम्बई- रणवीर कपुर अभिनित एनिमलले आक्रामक बुकिङ पाएको छ ।

हालसम्म सो फिल्मले २ लाख ५० हजार बढी टिकट अग्रिम बुकिङ पाइसकेको छ ।


जसअनुसार पिभिआर नक्समा १ लाख ९५ हजार तथा सिने पोलिसबाट ५५ हजार टिकट अग्रिम बुकिङ गरेको हो । ‘एनिमल’ रणवीर कपुरको करियरको सबैभन्दा ठूलो ओपनर बनेको छ । 

‘एनिमल’को माग यति धेरै छ कि केही थिएटरले बिहान साढे ७ बजेदेखि शो सुरु गर्ने निर्णय गरेका छन् । ट्रेड विज्ञहरूले ‘एनिमल’लाई रणवीर कपुरको करियरको सबैभन्दा ठूलो ओपनर भएको दाबी गरिरहेका छन् । अहिलेका लागि हेर्न बाँकी नै छ ‘एनिमल’ले बक्स अफिसमा कति कीर्तिमान बनाउने ? हो त्यो अझै शुक्रबारसम्म हुने बुकिङले देखाएको छ । 

एनिमल’ सन्दीप रेड्डी वांगाको निर्देशनमा बनेको हो । कबीर सिंह र अर्जुन रेड्डी फेम सन्दीप रेड्डी वांगा निर्देशित ‘एनिमल’मा रणवीर कपूर बाहेक बबी देओल, रश्मिका मन्दाना, अनिल कपूर, तृप्ति डिमरी, शक्ति कपूर र सुरेश ओबेरोयलगायत धेरै कलाकारले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। 

चलचित्रको संगीत पनि निकै रुचाइएको छ । यो फिल्म डिसेम्बर १ मा हिन्दी, तेलुगु, तमिल, कन्नड र मलायालम भाषामा हलमा रिलिज हुनेछ।
 


Author

थप समाचार
x