कला

गदर-२ काे सफलतामा सन्नी देओलको घमण्ड देखिएको भन्दै आलोचना

इकागज |
साउन ३०, २०८० मंगलबार ७:४६ बजे

मुम्बई- सन्नी देओल र अमिषा पटेलको ब्लकबस्टर हिट फिल्म ‘गदर २’ को क्रेज दिनप्रतिदिन बढ्दै गएको छ । 

फिल्मले पहिलो तीन दिनमा सय करोडभन्दा बढी कमाइ गरिसकेको छ तर यसबीचमा अभिनेता सनी देओलका धेरै भिडियो भाइरल भइरहेका छन्, जसमा उनले फ्यानसँग राम्रो व्यवहार नगरेको देख्न सकिन्छ । 


यसबारे सामाजिक सञ्जालमा मानिसहरूले आफूलाई निकाे नलागेकाे बताएका छन् । अहिले उनको एउटा नयाँ भिडियो सार्वजनिक भएको छ, जसमा उनी आफ्नो नजिक पुगेका फ्यानसँग अनौठो इशारा गरिरहेको देखिन्छ । जसको अहिले सन्नी देओलमा घमन्ड देखा परेको भन्दै आलोचना भएको छ । 


Author

थप समाचार
x