कला

सन्नी देओलको गदर २ को ४० करोडको ओपनिङ, सलमान खानले दिए बधाई

इकागज |
साउन २७, २०८० शनिबार ७:४४ बजे

मुम्बई- सन्नी देओलको गदर २ ले पहिलो दिनमै धमाका मच्चाएको छ ।

हिजो अगस्ट ११ मा रिलिज भएको यो फिल्मको सर्वत्र चर्चा छ । गदरका फ्यानहरू यसको सिक्वेललाई लिएर निकै उत्साहित भएका छन् । अहिले फिल्मको दोस्रो भाग रिलिज भएसँगै यसले पनि निकै माया पाइरहेको छ । 


फिल्मलाई दर्शकहरूले अत्याधिक रूचाए पछि सलमान खानले पनि सो चलचित्रको तारिफ गर्न छाडेनन् । उनले सामाजिक सञ्जालमा गदर २ को बारेमा पोस्ट गरेका छन् । गदर २ को पोस्टर सेयर गर्दै सलमान खानले लेखेका छन्, ‘ढाई किलो का हात ४० करोडको ओपनिङ बराबर। सन्नी पाजी गजब। गदर २ को सम्पूर्ण टिमलाई बधाई छ।

फिल्म गदर २ को बारेमा कुरा गर्दा रिपोर्टका अनुसार फिल्मले पहिलो दिन ४० देखि ४५ करोड सम्मको कमाई गरेको छ । पहिलो दिनमै फिल्मले बक्स अफिसमा धमाका मच्चाएको छ । तर, फिल्मले पहिलो दिन कति कमाइ गरेको छ भन्ने आधिकारिक तथ्यांक भने सार्वजनिक गरिएको छैन ।

फिल्मको स्टारकास्टको कुरा गर्दा सन्नी देओल बाहेक यसमा अमिषा पटेल, उत्कर्ष शर्मा, सिमरत कौर र मनिष वाधवा जस्ता कलाकार छन् । यो सन्नी देओल र अमिषा पटेलको २००१ मा आएको फिल्म गदरः एक प्रेम कथाको सिक्वेल हो। गदर सर्वकालीन ब्लकबस्टर बनेको छ।


Author

थप समाचार
x