प्रवास

एनआरएनएको चुनाव भड्किलो भयो, रत्नपार्कमा महाधिवेशन गरौँ : अध्यक्षका उम्मेदवार शर्मा

इकागज |
असोज १८, २०८० बिहीबार ७:१८ बजे

फाइल तस्बिर

स्पेन- गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी महाधिवेशनका अध्यक्षका प्रत्याशी राजेन्द्र कुमार (आरके) शर्माले एनआरएनए भड्किलो बन्दै गएको भन्दै कार्यक्रमहरु तारे होटलमा नगरी रत्नपार्कमा गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

एनआरएनए स्पेनका प्रतिनिधि (डेलिगेट्स)सँग बार्सिलोनामा मंगलवार साँझ छलफल गर्दै श्रमिक मजदुरहरुको सदस्यता शुल्क उठाएर अनावश्यक रुपमा खर्च गर्न नहुनेमा जोड दिएका हुन् ।


‘परदेशका श्रमिक मजदुरहरुको सदस्यता शुल्क उठाएर अनावश्यक रुपमा खर्च गर्न हुदैन भन्ने पक्षमा म छु’, एनआरएनएका उपाध्यक्ष समेत रहेका शर्माले प्रस्ताव गरें’, ‘एनआरएनएका कार्यक्रमहरु तारे होटलमा हैन रत्नपार्कमा गरौं भन्ने मेरो लाइन छ, म अध्यक्ष भएमा यस्ता भड्किला कार्यक्रमहरु हुने छैनन्, फजुल अनावश्यक खर्च रोक्ने छु ।’ अक्टुवर १७ बाट एनआरएनएको ११ औं महाधिवेशन शुरु हुदैछ । 

एनआरएनएलाई मितव्ययी र पारदर्शी बनाउनुका साथै आवश्यक भन्दा अरु क्षेत्रमा खर्च गर्न नहुनेमा आफु सुरुदेखि भएको बताउँदै खाड़ी देखि युरोप अमेरिकाका श्रमिकहरुको हितमा काम गर्ने आफ्नो मुख्य उद्देश्य रहेको दोहोर्याए । महंगा होटलमा लाग्ने खर्च कटाएर सामान्य खर्चमा एनआरएनएका कार्यक्रमहरु गरी श्रमिकको हितको लागि काम गर्नुपर्ने आवश्यकता औंल्याए ।

शर्माले एनआरएनएलाई एकताबद्ध र सबै परदेशी नेपालीको साझा संस्था बनाउनको लागि अध्यक्षको उम्मेदवारी घोषणा गरेर अघि बढेको बताए । ‘एनआरएनएको अध्यक्ष बनेर फ़ोटो झुण्ड्याउन जाँदैछैन, पछिल्लो समयमा विभाजित एनआरएनएलाई एकढिक्का र सबै परदेशी नेपालीको साझा बनाउन नेतृत्वक दाबी गरेको हुँ आशा छ सबैको साथ पाउने छु,’ शर्माले भने ।

एनआरएनए स्पेनका अध्यक्ष पेशल कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा एनआरएनए युरोपका उप संयोजक चित्र सुवेदीलगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा एनआरएनए स्पेनका प्रतिनिधि (डेलिगेट्स) तथा नेपाली समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।

अध्यक्षका प्रत्याशी शर्मा शनिवार चेक रिपब्लिक, आइतबार डेनमार्क, सोमवार विहान जर्मनी हुदै साँझ पोर्तुगलका प्रतिनिधि (डेलिगेट्स)सँग छलफलमा सहभागि भएर स्पेन पुगेका हुन् । शर्माले कर्मभूमि कतारमा विशाल कार्यक्रम गरि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेर अघि बढेका छन् ।


Author

थप समाचार
x