नेप्से १४ अंकले बढ्दा ३ कम्पनीको सेयरमा सर्किट ब्रेक

इकागज | पुस ५, २०७९

काठमाडौँ- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार १४ अंकले बढेको छ । साताको तेश्रो कारबारका दिन नेप्से परिसूचक १४.२२ अंकले बढेको हो । साताको सुरुवातमा २७ अंकले घटेको बजार हिजो र आज भने सकारात्मक रहन पुगेको छ । १४ अंकले बजार बढ्दा समग्र बजार परिसूचक १८७३.११ मा उक्लिएको छ।

यस्तै 'क' वर्गका कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स २.६८ अंकले बढेर ३६६.६५ मा उक्लिएको छ। आइतबार १ अर्ब १५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजार सोमबार ८६ करोडमा झरेको थियो । यस्तै मंगलबार ९३ करोड ८ लाख ३९ हजार ९०१ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । जसमा २५७ कम्पनीको ३० लाख २२ हजार ५२ कित्ता सेयर २३ हजार ३४४ पटकमा खरिद बिक्री भएको थियो ।

आज उप-सूचक तर्फ भने १३ ओटै सूचक हरियो देखिएका छन् । सबैभन्दा धेरै होटेल तथा पर्यटन सूचक २.४० प्रतिशतले बढेको छ ।

बजार बढ्दा १५२ कम्पनीको सेयर मूल्य बढेको छ भने ४६ कम्पनीको सेयर मूल्य घटेको छ । आँखुखोला लघुवित्त, सृजनशील लघुवित्त  तथा धौलागिरि लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेकर लागरे क्रमश: १५०७, ९९६.६० र ६००.२० मा उक्लिएको छ। यस्तै सिवाईसी लघुवित्त, मन्दाकिनी हाइड्रो लगायतका कम्पनी उच्च कमाउनेमा रहेका छन् ।

 

एशियन हाइड्रोपावरको आइपिओमा वैदेशिक रोजगारीमा रहेकाले कसरी दिने आवेदन ?

इकागज | मंसिर २७, २०७९

काठमाडौँ- एशियन हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधार...