विश्व

जेलेन्स्कीको हत्या गर्ने योजना बनाएको आरोपमा दुई युक्रेनी सुरक्षा अधिकारी पक्राउ

इकागज |
बैशाख २६, २०८१ बुधबार ९:२६ बजे

फाइल तस्बिर

काठमाडौँ- युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीको हत्या गर्ने योजना बनाएको आरोपमा दुई युक्रेनी सुरक्षा अधिकारीलाई पक्राउ गरिएको छ ।

युक्रेनको राज्य सुरक्षा सेवा (एसबीयू)ले सुरक्षा इकाईका दुई कर्णेललाई हिरासतमा लिइएको छ र रुसलाई गोप्य जानकारी चुहाएको आरोप लगाइएको जनाएको छ ।


एसबीयूले रूसको राज्य सुरक्षा सेवासँग सम्बन्धित एजेन्टहरूको नेटवर्कको फर्दफास भएको बताउँदै उनीहरूले जेलेन्स्कीको हत्या गर्ने योजना बनाएको र ति योजना असफल बनाएको बताएको छ ।

एसबीयूले उनीहरूले एसबियुका प्रमुख र युक्रेनको रक्षा गुप्तचर प्रमुखसहित अन्य वरिष्ठ युक्रेनी अधिकारीहरूलाई पनि निशाना बनाएको बताएको छ ।

फेब्रुअरी २०२२ मा रसियाले युक्रेनमा पूर्ण मात्रामा आक्रमण सुरु गरेदेखि जेलेन्स्कीले आफ्नो जीवनमा धेरै प्रयासहरूको सामना गरेका छन् ।

माइकोलाइभको दक्षिणी युक्रेनी क्षेत्रकी एक महिलालाई जेलेन्स्कीको हत्या गर्ने योजना बनाएको आरोपमा अगस्ट २०२३ मा पक्राउ गरिएको थियो । उनलाई मार्नको लागि रूसी हवाई हमलाको योजना बनाउन माइकोलाइभको नियोजित भ्रमणको बारेमा गुप्तचर संकलन गरेको आरोप थियो ।


Author

थप समाचार
x