विश्व

माफी माग्दै पतञ्जलीले निकाल्यो ६७ पत्रिकामा विज्ञापन

इकागज |
बैशाख ११, २०८१ मंगलबार १५:२७ बजे

काठमाडौँ- बाबा रामदेवको पतञ्जलीको मुश्किल बढिरहेको देखिएको छ ।

कोरोनाको समयमा भ्रामक औषधि ल्याएर विवादमा आएका बाबा रामदेव र आचार्य बालकृष्णको पतञ्जलीले भारतका विभिन्न ६७ पत्रिकामा मागी मागेको विज्ञापन प्रकाशित गरेको छ ।


सर्वोच्चका न्यायमूर्ति हिमा कोहली र न्यायमूर्ति अमानतुल्लाहको इजलासमा पतञ्जलीले माफी माग्दै ६७ पत्रपत्रिकामा विज्ञापन प्रकाशित गरेको जानकारी दिएको छ ।

पतञ्जलीले विज्ञापन प्रकाशित गरेको जानकारी दिएपछि न्यायाधीशले विज्ञापनको साइज यसअघि निकालेको विज्ञापनको जति ठूलो छ कि छैन भन्दै प्रश्न गरेका थिए ।

अदालतले रामदेव र बालकृष्णलाई आफूले गल्ती गरेको भन्दै अर्को दुई दिनभित्र अन रेकर्ड माफी माग्न निर्देशन दिएको छ । मुद्दाको अर्को सुनुवाइ अब अप्रिल ३० मा हुनेछ ।

पतञ्जलीले विज्ञापनमा अदालतको आदेशको सम्मान गर्ने बताउँदै विज्ञापन प्रकाशित गरेको र पत्रकार सम्मेलन गरेको प्रति माफी मागेको छ । साथै पतञ्जलीले अब यस्तो गल्ती नदोहोर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ ।


Author

थप समाचार
x