विश्व

नेटफ्लिक्सको नाफामा उछाल

इकागज |
बैशाख ८, २०८१ शनिबार १२:४० बजे

काठमाडौँ- भिडियो स्ट्रिमिङ कम्पनी नेटफ्लिक्सको नाफामा उछाल आएको छ । सन् २०२४ को पहिलो तीन महिनामा नेटफ्लिक्सको आम्दानीमा उछाल आएको बीबीसीले जनाएको हो ।

'पासवर्ड शेयरिङ' सुविधामा गरेको परिवर्तनपछि आफ्नो आम्दानी बढेको नेटफ्लिक्सले जनाएको बीबीसीले उल्लेख गरेको छ ।


नेटफ्लिक्सले जनाएअनुसार सन् २०२४ को पहिलो तीन महिनामा ९.३ मिलियन ग्राहक थपिएको तथा समग्रमा २ सय ७० मिलियन ग्राहक पूरा भएको छ ।

कम्पनीले नयाँ ग्राहकबाट नेटफ्लिक्सले २.३ बिलियन अमेरिकी डलर आम्दानी गरेको तथा समग्रमा पहिलो त्रैमासमा ९.३७ बिलियन अमेरिकी डलर आम्दानी गरेको हो ।


Author

थप समाचार
x