विश्व

इजरायली हमलामा मारिनेको संख्या ३४ हजार नाघ्यो

इकागज |
बैशाख ८, २०८१ शनिबार ९:३० बजे

फाइल तस्बिर

गाजा- इजरायल र प्यालेस्टाइनबीचमा अझै युद्ध जारी छ ।

गत अगस्ट ७ देखि सुरू भएको सो युद्धका ६ महिनाभन्दा बढी समयमा गाजा पट्टीमा मर्नेको संख्या कम्तिमा ३४०१२ पुगेको छ ।


गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इजरायली आक्रमणबाट ४२ प्यालेस्टाइनीको मृत्यु भएको छ ।

सोही अवधिमा थप ६३ जना घाइते भएका छन्, गाजा पट्टीमा युद्ध सुरु भएदेखि घाइते हुनेको कुल सङ्ख्या ७६,८३३ पुगेको सो मन्त्रालयले जनाएको छ ।


Author

थप समाचार
x