विश्व

गुगलले इन्कोग्नाइटो ट्रयाकिङबाट तथ्यांकहरू मेटाउने

इकागज |
चैत २०, २०८० मंगलबार १३:२ बजे

काठमाडौँ- गुगलले अरबौं तथ्यांकहरू (रेकर्ड) मेटाउन र प्रयोगकर्ताहरूलाई ट्र्याक गर्ने आफ्नो शक्तिमा केही प्रतिबन्धहरू लगाउन सहमत भएको छ ।

प्रस्तावित कानुनी सम्झौताको सर्तहरू अन्तर्गत गुगलले अरबौं तथ्यांकहरू मेटाउन र प्रयोगकर्ताहरूलाई ट्र्याक गर्ने आफ्नो शक्तिमा केही प्रतिबन्धहरू लगाउन सहमत भएको बीबीसीले जनाएको छ ।


यो सम्झौताको उद्देश्य सन् २०२० मा अमेरिकामा ल्याइएका क्लास एक्शन मुद्दा समाधान गर्नु हो । उक्त मुद्दामा टेक जायन्ट गुगलमाथि 'प्राइभेसी मोड' मा ब्राउज गर्दा पनि प्रयोगकर्ताको डाटा सङ्कलन गरेर मानिसहरूको गोपनीयतामाथि आक्रमण गरेको आरोप लगाइएको थियो ।

उक्त मुद्दामा गुगलसँग ५ विलियन अमेरिकी डलर क्षतिपूर्ति माग गरिएको थियो ।

उक्त तथ्यांक हटाउने कार्य अमेरिकाबाहेकका देशमा पनि लागू हुने जनाइएको छ ।


Author

थप समाचार
x