उद्यम

भारतीय उद्यमी अनन्या बिड्लाले लिइन् संगीतबाट विश्राम

इकागज |
बैशाख २५, २०८१ मंगलबार १२:४७ बजे

काठमाडौँ- भारतीय अर्बपति कुमार मंगलम बिड्लाकी छोरी तथा उद्योगी अनन्या बिड्लाले संगीतबाट विश्राम लिएकी छन् ।

भारतीय गायिका, गीतकार तथा उद्यमी अनन्याले सामाजिक सञ्जालमार्फत आफूले संगीतबाट विश्राम लिएको बताएकी हुन् ।


सामाजिक सञ्जाल प्लेटफर्म इन्स्टाग्राममा एक पोस्ट राख्दै उनले संगीतबाट विश्राम लिनुको कारण पनि बताएकी छन् ।

चर्चित गीत 'लिभिन द लाइफ', 'मेन टू बी' तथा 'होल्ड अन' जस्ता गीत गाएकी अनन्याले व्यवसायलाई समय दिनका लागि संगीतबाट विश्राम लिएकी जनाइन् ।


Author

थप समाचार
x