विश्व

भारतमा ट्याक्सी दुर्घटना हुँदा १० जनाको मृत्यु

इकागज |
चैत १६, २०८० शुक्रबार १९:४० बजे

भारत- भारतको जम्मु र श्रीनगर राष्ट्रिय राजमार्गमा पर्ने गहिरो खोलामा शुक्रबार यात्रुबाहक ट्याक्सी खस्दा दश जनाको मृत्यु भएको छ ।

सङ्घीय मन्त्री जितेन्द्र सिंहले सडक दुर्घटनाको सूचनापछि रामबनका उपआयुक्त बसीर-उल-हकसँग कुरा गरेको र आफू निरन्तर सम्पर्कमा रहेको बताएका छन् । उनले रामबन क्षेत्रमा भएको दुर्घटनाबाट आफू दुःखित भएको बताउँदै शोकाकुल परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेका छन् ।  


प्रहरी, राज्य विपद् प्रतिक्रिया बल र नागरिक द्रुत प्रतिक्रिया टोलीले संयुक्त उद्धार गरेका थिए । एजेन्सी


Author

थप समाचार
x