विश्व

रूसी सेनाको विमान क्रिमियाली क्षेत्रमा दुर्घटनाग्रस्त

इकागज |
चैत १६, २०८० शुक्रबार ७:३३ बजे

मस्को- रूसी सेनाको एउटा विमान क्रिमियाली प्रायद्वीपनजिकको समुद्रमा दुर्घटनाग्रस्त भएको युक्रेनको नियन्त्रणमा रहेको क्रिमियाली सेभास्तोपोल शहरका गभर्नरले बताएका छन् । 
'एउटा सैन्य विमान समुद्रमा खसेको छ,' गभर्नर मिखाइल रज्भोझायेभले टेलिग्राममा गरेको पोस्टमा लेखेका छन् । 

सामाजिक सञ्जालमा सार्वजनिक भएको फुटेजमा एउटा विमान आकाशबाट खसेको देखिएको छ ।


युक्रेनी प्रायद्वीप क्रिमियाको दक्षिणी शिखरमा ‘ब्ल्याक सी’को क्षेत्रको ऐतिहासिक रूसी मुख्यालय रहेको सेवस्तोपोललाई सन् २०१४ मा मस्कोले कब्जा गरेको थियो । 

दुई वर्षदेखि जारी द्वन्द्वका क्रममा यो क्षेत्रमा युक्रेनी आक्रमण हुँदै आएको छ ।

'घटनामा विमान चालक जहाजबाट निक्लिएको र उनलाई सेवस्तोपोल रेस्क्यु सर्भिसका उद्धारकर्मीहरूले किनाराबाट २०० मिटरको दूरीमा लगेका छन् । उनको जीवन खतरामुक्त छ,' गभर्नर रज्भोजायेभले भने ।

सामाजिक सञ्जालमा सार्वजनिक कतिपय भिडियोमा विमानचालक जहाजबाट बाहिर निस्केपछि प्यारासुटबाट तल झरेको देखिन्छ । (एएफपी)


Author

थप समाचार
x