विश्व

शेयर बजारमा डेब्यु गरेकै दिन डोनाल्ड ट्रम्पको मिडिया कम्पनीको भाउमा उछाल

इकागज |
चैत १४, २०८० बुधबार १२:१५ बजे

काठमाडौँ- शेयर बजारमा डेब्यु गरेको पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मिडिया कम्पनीको भाउमा उछाल आएको छ ।

सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलको माउ कम्पनी ट्रम्प मिडिया एन्ड टेक्नोलोजी ग्रुपको शेयर भाउ ७० डलरसम्म पुगेको बीबीसीले जनाएको छ ।


अन्त्यमा शेयर भाउ ५८ डलरमा बन्द भएको थियो, जुन १६ प्रतिशतको वृद्धि हो । कम्पनीको बजार मूल्य ९ विलियन डलरसम्म पुगेको थियो ।

ट्रम्प मिडियाले विगत ९ महिनामा केवल ३.३ मिलियन डलरको कमाई गरेपनि करिब ५० मिलियन डलरको नोक्सानी भोगेको थियो ।

तर कम्पनीको शेयर भाउमा भने उछाल आएको हो । खासगरी ट्रम्पका समर्थकहरूले शेयर खरिदमा आक्रमकता देखाएको बीबीसीले जनाएको छ ।


Author

थप समाचार
x