विश्व

केजरीवालले जेलबाट सरकार चलाएपछि मुद्दा दायर

इकागज |
चैत १३, २०८० मंगलबार १९:२५ बजे

काठमाडौँ- भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले जेलबाट सरकार चलाउन थालेपछि त्यसलाई रोक्न मुद्दा दायर गरिएको छ ।

प्रवर्तन निर्देशनालय (इडी) को हिरासतमा रहँदा पदीय हैसियतले कुनै पनि आदेश जारी गर्न नपाइने भन्दै त्यसलाई रोक्न दिल्ली उच्च अदालतमा मुद्दा दायर भएको हो । 


मुद्दामा केजरीवालाई हिरासतमा रहँदा टाइपिस्ट, कम्प्युटर, प्रिन्टर आदि प्रदान नगर्नका साथै उनले जारी गरेका आदेश कसरी दिल्लीका मन्त्रीसँग पुगेको विषय समेत अनुसन्धान गर्न माग गरिएको छ । 

निवेदक सुरजित सिंह यादवले अधिवक्ताद्वय शशि रञ्जनकुमार सिंह र महेश कुमारमार्फत केजरीवालले जेलबाट मुख्यमन्त्रीको हैसियतले निर्देशन र आदेशहरू जारी गर्न नपाइने उल्लेख गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । एजेन्सी


Author

थप समाचार
x