विश्व

एआईका लागि अमेरिकाभन्दा चीनले बढी वैज्ञानिक उत्पादन गर्दै

इकागज |
चैत १०, २०८० शनिबार १४:४६ बजे

काठमाडौँ- च्याटजिपिटीजस्ता च्याटबटहरूलाई शक्तिशाली बनाउने आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को विषयमा चीनभन्दा अमेरिका धेरै माथि छ ।

तर, एक अध्ययनका अनुसार नयाँ पुस्ताको मानवीय प्रविधिको विकासका लागि चाहिने वैज्ञानिकहरूको उत्पादनमा अमेरिकाभन्दा चीन धेरै माथि रहेको देखाएको छ ।


नयाँ अध्ययनलाई उदृत गर्दै न्यूयोर्क टाइम्सले जनाएअनुसार चीनले विश्वकै आधा एआई अनुसन्धानकर्ता/वैज्ञानिकहरू उत्पादन गरिरहेको छ । जबकि अमेरिकाले केवल १८ प्रतिशतमात्र वैज्ञानिक उत्पादन गर्न सफल भएको थिंक-ट्यांक मार्कोपोलोको अध्ययनले देखाएको छ ।

अध्ययनले देखाएअनुसार चीनले ३ वर्षपहिले केवल एक तिहाइमात्र वैज्ञानिक उत्पादन गर्ने थियो । अमेरिका भने पहिलेकै अवस्थामा रहेको छ ।


Author

थप समाचार
x